नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १२ उपसमिति

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ-आफ्नो जिम्मेवारी सुम्पिएको छ ।
‘उपसमितिको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये हामीले १२ उपसमिति बनाएका छौं,’ घिसिङले भने । अनुशासन समिति र सुरक्षा समिति भने राखेपले केही समयपछि मात्रै घोषणा गर्ने सदस्यसचिव घिसिङले बताए । गठन भएका समितिको सचिव प्रशासकीय र कर्मचारी तथा प्रायस् राखेपकै विज्ञ रहेको सदस्य सचिव घिसिङले बताए । नेपाल सरकारले ६० करोडभित्र नवौं प्रतियोगिता समापन गर्न निर्देशन दिएको छ ।
प्रतियोगिता २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । जहाँ ३६ खेल आयोजना हुनेछन् ।
















आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया