युरेनियम जस्तो देखिने पदार्थसहित मोरङबाट १५ जना पक्राउ

काठमाडौं । युरेनियम जस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्ला घर भएका ४१ वर्षीय शिव शंकर पासवान, ३७ वर्षीय मुकेश कुमार साह, ४३ वर्षीय प्रदिप पुरी , ४० वर्षीय दिलिप कुमार शर्मा, ४६ वर्षीय फटिक कुमार कार्की, ४४ वर्षीय लक्ष्मण शर्मा, सोलुखुम्बु जिल्लाको माग्पे गाउँपालिका घर भएका ३५ वर्षीय गोपाल मगर, खोटाङ जिल्लाकोहलेसी नगरपालिकाघर भएका ३२ वर्षीय किरन राई रहेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोरखा जिल्लाको गण्डकी गाउँपालिका घर भएका ४५ वर्षीय जिवन गुरुङ्ग, मोहोत्तरी जिल्लाको मङ्हा नगरपालिकाघर भएका ४२वर्षीष् अब्दुल गनी खान, ३० वर्षीय चन्दन कुमार महतो, ४९ वर्षीय उमेश प्रसाद यादव, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका घर भएका ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर जिल्लाको बागमती गाउँपालिका घर भएका ३६ वर्षीय दिपक बहादुर भ्लोन र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका घर भएका २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरिएको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ७ जनालाई पक्राउ गरेको हो।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया