महोत्तरीको टुटेश्वर मन्दिरमा सुरु भयाे महाकुम्भ मेला , २० लाख दर्शनार्थी आउने अनुमान

महोत्तरी । महोत्तरीमा बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो । प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ ।
अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्राय: सुनसान देखिएका थिए । तर, धार्मिक पर्यटकीय स्थलहरू पुरानो लयमा फर्किएसँगै देवालयहरू भरिभराउ देखिन थालेका छन् । यसै कारण पनि यो एक महिनामा २० देखि २५ लाख स्वदेशी तथा विदेशी धार्मिक आस्था बोक्ने भक्तजनहरू दर्शनको लागि आउने संरक्षण समितिका अध्यक्ष हरि महतले जानकारी दिए ।
साउनको हरेक सोमबार यस मन्दिरमा दर्शन गरे बाँझोपनको समस्याबाट मुक्त बन्ने, पापकर्महरू नाश हुने धार्मिक विश्वास रहँदै आएको छ । बर्दिबास-५ मा रहेको यस मन्दिरलाई अहिले बेहुलीजसरी सिंगारिएको छ । १५० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका छन् भने मनोरञ्जनका लागि विद्युतीय पिङ र विभिन्न खेलहरू खेल्न सकिन्छ ।
लामो लाइन बसेर टुटेश्वर महादेवको दर्शन गर्नुपर्ने हुँदा प्रचण्ड गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्दै स्वास्थ्य सहायता कक्ष, सहायता कक्ष जस्ता सहयोगी कक्षहरूको स्थपना गरिएको छ ।

मन्दिर वरपर व्यापा गर्नेहरूको भिड पनि उत्तिकै छ । बारा, पर्सा, सप्तरीसहित भारतबाट यहाँ आएर विभिन्न व्यापार गर्नेहरूको आवागमनसमेत बढिरहेको छ । बाहिरबाट आउने श्रदालु भक्तजनहरूलाई आकर्षित गर्न मन्दिर परिसर लगायत वरपर सरसफाइमा विशेष ध्यान दिइएको छ ।
मन्दिर संरक्षण समितीले सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ भने सुरक्षा संवेदनशीलतासँग जोडिएका विषयहरूमा चुस्त रहन सुरक्षाकर्मीहरूले विशेष सतर्कता समेत अपनाएका छन् ।
नेपाल प्रहरी तथा ट्राफिक प्रहरी सरसफाइमा आफैँ खटिएका छन् । प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख रवि रावलको नेतृत्वमा र जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदयसिंह सिजापतिले सुरक्षा र ट्राफिकका समस्याहरुमा सहजीकरण गरिरहेका छन् ।
पूर्व-पश्चिम राजमार्गमा कुनै ट्राफिक जाम नहोस् भन्ने उद्देश्यले मुख्य सडकमा समेत यदि त्यस्तो अवस्था आए तयारी रहन ट्राफिक प्रहरीसमेत परिचालन गरिएको प्रमुख सिजापतिले जानकारी दिए ।
नेपाल प्रहरीले पनि भिडभाड तथा त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।
सबैभन्दा बढी मन्दिर भएको यस पालिकाले धार्मिक पर्यटक वृद्धिमा ध्यान पुर्याए आम्दानीको गतिलो स्रोत मन्दिर पनि हो । तर, स्थानीय सरकारको ध्यान खासै केन्द्रित हुन नसक्दा धार्मिक महत्वका तिर्थस्थलहरू अस्तव्यस्त छन् ।
आन्तरिक र बाह्य धार्मिक पर्यटकहरूको बर्दिबास प्रमुख आस्थाको केन्द्र भए पनि उचित संवर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया