शनिबार, माघ १०, २०८२

स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित भारतीय नागरीक पक्राउ

मेरोन्यूज २०७९ साउन ४ गते १९:००

काठमाडौं । स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी २५ वर्षीय राकेश कुमारलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बुधबार प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले सीमावर्ती विहारको रक्सौलबाट वीरगन्जतर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई वीरगन्ज–१६ रजतजयन्ती चोकमा जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

पक्राउ परेका कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको एसपी बस्नेतले जनाए ।

प्रतिक्रिया