स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित भारतीय नागरीक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी २५ वर्षीय राकेश कुमारलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बुधबार प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले सीमावर्ती विहारको रक्सौलबाट वीरगन्जतर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई वीरगन्ज–१६ रजतजयन्ती चोकमा जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
पक्राउ परेका कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको एसपी बस्नेतले जनाए ।
















रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया