डोटीमा ५८ करोड बढी राजस्व संकलन, एक अर्ब फ्रिज

डोटी । डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ ।
यसैगरी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौवटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाका स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० मध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ फ्रिज भएको हो ।
बोगटान फुड्सिल गाउँपालिकामा ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा चार करोड एक लाख ७४ हजार ३५२ फ्रिज भएको छ । यस्तै सायल गाउँपालिकामा कूल विनियोजित र ३० करोड ९४ लाख नौ हजारमध्ये रु ४४ लाख तीन हजार १७४ फ्रिज भएको छ ।
उता जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दिपायल सिलगढी नगरपालिकामा ४२ करोड ३५ लाख १४ हजार बजेट विनियोजित भएकोमा चार करोड ९३ लाख १७ हजार ७५७ बजेट फ्रिज भएको छ । केआइसिंह गाउँपालिकामा दुई करोड ९३ लाख ६२ हजार ५९६ रकम फ्रिज भएको छ । शिखर नगरपालिकामा चार करोड पाँच लाख ८० हजार ९३ रकम फ्रिज भएको छ । जोरायल गाउँपालिकामा एक करोड ६५ लाख ३७ हजार २१८ बजेट फ्रिज भएको छ ।
बडिकेदार गाउँपालिकामा एक करोड पाँच लाख बजेट फ्रिज भएको छ । आदर्श गाउँपालिकामा रु ८३ लाख बजेट फ्रिज भएको छ । पूर्वीचौकी गाउँपालिकामा ६२ लाख १३ हजार १६६ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । समग्र जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ । चालुतर्फ छ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये छ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ खर्च भएको बताइएको छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया