शनिबार, माघ ३, २०८२

जनार्दन शर्मामाथि छानविन गर्न थप समय माग्ने विशेष समितिको निर्णय

मेरोन्यूज २०७९ साउन ४ गते २१:२४

काठमाडौं । बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न संसदीय विशेष समितिले थप समय माग्ने भएको छ ।

समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको एक सदस्यले बताए । उनले भने, ‘कम्तीमा १० दिन समय मागेर भोलि पत्र पठाउँछौं, कति दिन थप हुन्छ थाहा छैन ।’

२२ असारमा संसदले १० दिनको समय दिएर ११ सदस्यीय विशेष समिति बनाएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको विशेष समितिले बिहीबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएको छ ।

प्रतिक्रिया