अबको तीन दिन यी जिल्लामा छ बाढीको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरा आसपास भई बहने नदि तथा खोलाहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुनसक्ने जनाएको छ ।
‘उक्त जिल्ला भई बहने स–साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनऔं,’ महाशाखाले विज्ञप्तिमा भनेको छ ।
आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सामान्यबढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया