शनिबार, माघ ३, २०८२

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

मेरोन्यूज २०७९ साउन ५ गते ११:१८

काठमाडौं । नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता भएको छ ।

एक कार्यक्रमकाबीच नेपाल बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सबै शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।

नेपालभर २१९ शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर, २६० भन्दा बढि रेमिटान्स भूक्तानी गर्ने सव एजेन्ट, ५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी हुने छ ।

प्रतिक्रिया