सांसदको मागपछि एसपीपीबारे जानकारी दिन सभामुखले गरे रुलिङ
मेरोन्यूज
२०७९ साउन ५ गते १६:४०

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे जानकारी गराउन रुलिङ गरेका छन् । उनले मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गरेका हुन् ।
सत्तारुढ दलकै सांसद र प्रमुख प्रतिपक्षका सांसदले एसपीपीबारे संसद्मा बहस गरेसँगै सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख सापकोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी हुनु पर्ने भन्दै रुलिङ गरेका हुन् ।
एसपीपी सम्झौता कार्यान्वयन नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै सांसदहरूले सभामुखबाट रुलिङ हुनु पर्ने माग गर्दै आएका थिए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया