नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धले मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको बताउँदै नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए ।
‘मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चाँपबाट गुज्रिएको छ, नेपालमा वैदेशिक मुद्रा भित्र्याउन लगानी विस्तारका लागि तपाईंहरूलाई यो उपयुक्त अवसर होे, प्रत्येक मुलुकको वा शहरको समूहहरू बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस्, तपाईंले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ,’ उनले भने । उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान महासंघको तर्फबाट पहल गर्ने बताए ,
‘नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईंको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईंसँगै हुनेछौँ, यहाँहरूलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,’ उनले भने । उनले नेपालको अर्थतन्त्रका केही सूचक नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए ।
यस्तै, उनले आईपीओमा गैर आवासीय नेपालीलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताए । उनले नेपालमा गैर आवासीय नेपालीको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरेका थिए । उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैर आवसीय नेपालीलाई आग्रह गरे ।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
निर्वाचन ४७ दिन बाँकी निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया