डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौँ । नेपाल विश्व व्यापार स्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो । अल्प विकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्ल्युटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया