श्रोत नखुलेको करिब १८ लाख रुपैयाँसहित युवक पक्राउ
मेरोन्यूज
२०७९ साउन ५ गते १८:४१
काठमाडौँ । सर्लाही जिल्लाको विष्णु गाउँपालिका १ बाराबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।
प्रदेश ०२-००३-००६ प ३४५१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिकलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा श्रोत नखुलेको रकमसहित उनलाई पक्राउ गरिएको हो ।
त्यसबेला उनको साथबाट पाँच ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रास्लेट १ थान, चाँदीको औंठी १ थान, मोबाइल सेट ३ वटा बरामद गरिएको छ ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया