हेलिकप्टरबाट सुत्केरीको उद्धार
मेरोन्यूज
२०७९ साउन ५ गते २१:१५

काठमाडौँ । हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु ५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तमाङले बताए ।
उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौँ पठाइएको हो ।
उनीसँगै हेलम्बु ५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई काठमाडौँ पठाइएको छ । बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको हो ।
सम्बन्धित
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया