शनिबार, माघ १०, २०८२

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७९ साउन ६ गते १२:१५

काठमाडौँ । पुर्नवास नगरपालिका ११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।

बिहीबार साँझ ७८.३७ ग्राम लागु औषध (खैरो हिरोइन)सहित उनीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शंका लागेर जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाएर राखेको अवस्थामा उक्त लागु औषध बरामद गरिएको उनले बताए ।

पक्राउ परेका सुमितको साथबाट २४.४७० ग्राम, लबिको साथबाट २५.६४० ग्राम र बबिको साथबाट २८.२६० ग्राम लागु औषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए ।

तीनै जनाको साथबाट लागु औषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरू लागु औषधका कारोबारी हुन सक्ने प्रहरीको आशंका गरेको छ ।

प्रतिक्रिया