अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु

अछाम । अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ ।
अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु रहेको थियो । अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वेरुजु घटेको छभने केही स्थानीय तहको वेरुजु बढेको छ ।
जिल्लाका १० पालिका मध्येमा सबैभन्दा बढी वेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहको छ । रामारोशन गाउँपालिकाको वेरुजु रकम ६ करोड ६२ लाख ८३ हजार छ । रामारोशन गाउँपालिको आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५२ लाख वेरुजु रहेकोमा गत आर्थिक वर्षमा वढेर ६ करोड ६२ लाख ८३ हजार पुगेको छ । जिल्लामा सवैभन्दा कम वेरुजु भएको वान्नीगढी जयगढ गाउँपालिकाको अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ९ लाख ९ हजार वेरुजु वढेको छ ।
यस्तै साँफेबगर नगरपालिकाको वेरुजु ५ करोड ६२ लाख ३६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा साँफेबगर नगरपालिकाको वेरुजु २५ लाख ६२ हजारले बढेको छ । पन्चदेवल नगरपालिकाको वेरुजु ४ करोड ९७ लाख १० हजार रहेको छ । पन्चदेवल विनायक नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १२ करोड २३ हजार वेरुजु घटाएको छ । अघिल्लो आर्थिक वर्षमा पन्चदेवल नगरपालिकाको वेरुजु १७ करोड रहेको थियो ।
ढकारी गाउँपालिकाको वेरुजु ०७७/०७८ ४ करोड ५२ लाख ९८ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ढकारीको वेरुजु ३३ लाख ५७ हजारले वढेको छ । तुर्माखाँदको गाउँपालिकाको वेरुजु ३ करोड ५४ लाख ८३ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा तुर्माखाँदले वेरुजु १ करोड २३ लाख ३६ हजारले वढेको छ ।
मंगलसैन नगरपालिकाको वेरुजु भने अघिल्लो आर्थिक वर्ष भन्दा घटेको छ । मंगलसैन नगरपालिकाको गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ४ लाख ७१ हजारले घटाएको छ । चौरपाटी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ५० प्रतिशत वेरुजु घटाएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा चौरपाटीको वेरुजु २ करोड २२ लाख १६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ६० लाख वेरुजु घटाएको छ । मेल्लेख गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा वेरुजु बढाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मेल्लेखको वेरुजु २ करोड ६५ लाख ८७ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३४ लाख ५१ हजार वेरुजु बढेको छ । कमलवजार नगरपालिकाको वेरुजु २ करोड ३१ लख १४ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा कमलवजारले ३५ लाख ८ हजार वेरुजु घटाएको छ । अछामका १० पालिकामध्ये पन्चदेवल विनायक नगरपालिका, चौरपाटी र कमलवारले वेरुजु घटाएका छन भने अन्य पालिकाको वेरुजु वढेको छ ।














Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
प्रतिक्रिया