कविता
कविता: चिहान !

उ कुद्दै थियो
म हेर्दै थिए
जसरी भर्खर जन्मेको बच्चालाई
पहिलो पटक काखमा लिदा आमा हेर्छिन
हो ठ्याकै त्यसरी
म उसलाई देखी टोलाएको थिए
मानौँ मैले आफ्नै अगाडी मृत्यु देखेको थिए
खै उ कसरी कुद्यो वा भाग्यो
मैले पहिल्याउन सकिन
मात्र हेरि रहे….
उसको कुदाई देखेर न म कुद्न सक्या न त हिड्न
उसको कुदाई देखेर न म भाग्न सक्या न त वाक्न
खै कुन ठाउँको घन्चर्कर लगाएर आयो उ
अनि मलाई भन्यो
तिमिलाई जिते नि मैले
उ यसरी भन्दै थियो
पहिलो पटक सफल हुँदा एउटा बच्चाले
आफ्नी आमालाई सफलताको कहानी सुनाउँछ
हो त्यसरी….
लाग्दै थियो
उ केवल मलाई जित्न भागेको थियो
उ भन्दै थियो
म सुन्दै थिए
उ हाँस्दै थियो
म हेर्दै थिए
मलाई न उसको सफलताको लोभ थियो
मलाई न म हारेकोमा नै शोक थियो
उ भन्दै मात्र थियो
मैले जिते जिते जिते
जंगलबाट फर्के पछि घरका बाखा्रका पाठाहरु
आफ्नी आमालाई देख्दा जसरी कराउँछन्
हो ठ्रयाकै त्यसरीै नै
मैले भने,
तिमि जुन बिन्दुमा आएर सफलताको कहानी सुनाउदै छौँ
म पनि त्यहि बिन्दुमा सफलताको कहानी सुन्दै छु
तिमि मलाई जितेकोमा खुसी छौँ
म तिमिले जिते जस्तो मानेकोमा खुसी छु
यहि हो तिम्रो कुदाई र मेरो पर्खाइ बिचको फरक
तिमि सँग लोभ थियो
म सँग आश थियो
तिमि सँग शोक थियो
म सँग भोक थियो
तिमि सँग सास थियो
म सँग प्यास थियो
यति फरक हुँदा हुदै हामी फेरी भेटिएका छौँ
हेर, त भाग्यको लिला
यो ठाउँ बाट
चाहेर पनि तिमि अगाडी कुद्न सक्दैनौँ
चाहेर पनि म यहाँ पर्खी रहन सक्दिन
चाहेर पनि तिमि पछाडी फर्कन सक्दैनौ
चाहेर पनि म अगाडी कुद्न सक्दिन
हो हामि त्यहि भेटिएका छौँ
जहाँ पुगे,
न कुद्न मन लाग्छ
न हिड्न नै मन लाग्छ
न जित्ने लोभ लाग्छ
न हारेको शोक लाग्छ
यहाँ केवल बाच्न् आश लाग्छ
जुन कुरा सम्भव छैन
अन्त्यमा उसले मलाई सोध्यो
कहाँ पुगेउ हामी रु
मेरो पर्खाइ र तिम्रो कुदाईको
अन्तिम बिन्दु, हो त्यहि
चिहानमा भेटिएका छौ हामि ।
















Death toll in Madagascar cyclone rises to 35
National Assembly’s current session prorogues from midnight on February 13
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन उम्मेदवारहरुलाई आयोगको आग्रह
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया