पूर्वमेयरले करारमा कर्मचारी होइन, कार्यकर्ता भर्ना गरेका थिए : मेयर श्रेष्ठ

सिरहा । गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाकाे नाममा कार्यकर्तालाई जागिर खुवाएकाे आराेप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीकाे करार अवधि नथप्ने उनले प्रष्टाएका छन् ।
नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहमतिमा करार अवधि थप नगर्ने निर्णय गरेको प्रष्ट पारे ।
गोलबजार नगरपालिकामा पूर्वमेयरले करारका कर्मचारीका नाममा एउटै घरको तीन तीन जनालाई करारमा राखेकाे बताए ।
गोलबजार नगरपालिकामा बिहीवार नगरप्रमुखको कार्यकक्ष तोडफोड भएको विषयमा मेयर श्रेष्ठले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा भने, ‘शान्तिपूर्ण आन्दोलन भनिए पनि माओवादीका कार्यकर्ता र केही करारका कर्मचारीले सिटी बजाउँदै उग्रसैलीमा ढुंगामुंढा गरे ।’ उनले भने, ‘मैले गल्ती गरेको छु भने कानुन छ, मविरुद्ध मुद्दा हाल्दा हुन्छ, मलाई कानुनले जे सँजाय दिन्छ भोग्न त्यार छु ।’
माओवादी केन्द्रले गोलबजार नगरपालिका कर्मचारी निस्का;न गरेको भन्दै विरोधका विभिन्न कार्याक्रम घोषणा गरेको छ । माओवादी कार्यप्रति आपत्ती जनाउँदै जनता समाजवादी पार्टीका प्रतिनिधि रामचलितर साहले नगरपालिकाभित्र गरिएको ढुंगामुढालगायत तोडफोड घटनाप्रति खेद प्रकट गरेको छ ।









आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया