शुक्रबार, फागुन १, २०८२

शक्ति केन्द्रको चरम दुरुपयोग : ‘डण्डा’ बीओपीमा अर्यालकै थमौती

मेरोन्यूज २०७९ साउन ७ गते २०:३५

काठमाडौँ । एक वर्षअघि एकल काज निकालेर रुपन्देहीको डण्डा बीओपी पुगेको कृष्ण अर्याललाई शक्ति केन्द्रको तोका देशमा त्यही थमौति गरिएको छ । प्रहरी निरीक्षकको दरबन्दी भएको सो बीओपीमा डीएसपीलाई काज थमौती गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सशस्त्र प्रहरी मुख्यालयले तीन दिनभित्र तोकिएको दरबन्दीमा जान आदेश दिए पनि डेढ सातादेखि सोही बीओपीमा बसिरहेका छन् । उनको पदस्थापना भने २६ नं गणमा भइसकेको छ । आफूलाई शक्ति केन्द्रको नजिक ठानेर गत वर्ष साउन १७ गते शैलेन्द्र खनाललाई दबाब दिएर बीओपी गएका थिए ।

उनले प्रहरी महानिरीक्षक राजु अर्याललाई पनि शक्ति केन्द्रबाट दबाब दिएर बीओपीमै काज गराएका हुन् । डीएसपी अर्यालले त्यहाँ हरेक महिना १६ जना कर्मचारीलाई आउट छाड्ने गरेका छन् । ५० जनाको कमाण्ड रहेको सो बीओपीमा सधै १६ जना आउट रहेपछि अहिले हिसाब मिलाउनका लागि भए पनि उनी त्यही बसिरहेका छन् ।

‘मुख्यालयको आदेशसमेत लत्याएर इन्स्पेक्टरको दरबन्दी रहेको स्थानमा डीएसपी फूली लगाएर अर्याल बसिरहेका छन्,’ डण्डा बीओपीका एक कर्मचारीले भने ‘उहाँलाई ती दिनभित्र २६ नं गण जान आदेश दिइएको थियो तर शक्ति केन्द्रको दबाब दिएर इन्स्पेक्टरको कुर्सीका डीएसपीको फूली लगाएर बसेका छन् ।’

गत वर्ष साउनमै शक्ति केन्द्रको आडमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बीओपीमा काज सरुवा गरिएको थियो । सामान्यतया बीओपीका इन्चार्जको एकैपटक सरुवा हुने गरेको भए पनि उनले एक वर्षअघि एकल काज निकालेका थिए । नियमित सरुवासमेत नकुरी इन्सपेक्टर अर्याललाई सो बीओपीमा पठाउनका लागि सशस्त्र प्रहरीकै अर्का हाल डीएसपीमा बढुवा भएका शोभा ढकालको हात रहेको थियो । ढकाल लेखा समूहका हुन् ।

सो समूहभित्र आर्थिक रुपमा निकै बद्नाम भए पनि सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले पनि कारबाही गर्न सकेका छैनन् । ‘आईजीपी अर्याललाई पनि विभिन्न शक्ति केन्द्रको आड देखाएर सबैभन्दा बढी आर्थिक कारोबार हुने कार्यालयमा लेखा प्रमुख भएर बसेका छन्,’ स्रोतले भन्यो ।

सीमा सुरक्षा जस्तो महत्वपूर्ण निकायमा रहेका अर्यालले बीओपीबाट दरबन्दीमा आउन आनाकानी गर्नुमा पनि उनै ढकालको हात रहेको स्रोतको दाबी छ । ‘सशस्त्र प्रहरीमा यस्ता धेरै बद्नाम पात्र रहेका छन् । तिनीहरुको शुद्धिकरणमा आईजीपी अर्यालले लागेको भए पनि शक्ति र पैसाको आडमा आईजीपीलाई पनि अटेर गरिरहेका छन्’, स्रोतले भन्यो ‘डिएसपीद्वय अर्याल र ढकाल दुवै यसका उदाहरण हुन् ।’

स्रोतका अनुसार अहिले बीओपीको सरुवाको समय भएकाले आईजीपी र गृहमन्त्रीको नाम लिएर लेखा समूहका ढकालले ४ देखि ७ लाखसम्मको पैसा लाग्ने भन्दै पैसा संकलनको कार्य थालेका छन् । ‘अर्ध सैन्य संरचनाको फौजमा लेखा समूहका व्यक्तिले सरुवा र बढुवामा प्रभाव पार्न थालेको छन्, यो समूह निकै घिन लाग्दो भयो यसलाई हटाउन नसके सशस्त्रकै बेइज्जत हुनेछ’, एक प्रहरी अधिकृतले भने ।

ती अधिकारीका अनुसार सशस्त्र प्रहरी बल नेपाल बीओपी डण्डा रुपन्देहीले मदिरामा लगाइने अन्त शुल्कका आन्तरिक राजश्व विभागको नक्कली स्टिकरलाई नेपाल ल्याउन सहयोग पुर्याएको थियो । मदिरामा लगाउनका लागि नक्कली स्टिकरको प्रयोग विगतदेखि नै हुँदै आएको छ । राजश्व छली गरी नक्कली स्टिकर वा बिना स्टिकरकै मदिरा सीमा क्षेत्रमा छ्याप्छ्याप्ती पाइन्छन् । जसको अनुगमन कसैले गर्दैन । सशस्त्रका डीएसपी अर्यालले त्यसमा सहयोग गरिरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया