गृहमन्त्री खाँणद्वारा विपदमा प्रयोग हुने सवारी साधन तथा उपकरण हस्तान्तरण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपदमा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन् । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लिको सहयोगमा गृहमन्त्री खाँणले विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल माननीय गृहमन्त्री खाँणलाई हस्तान्तरण गरेका थिए । मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण भएका सामग्रीमा आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स छन् । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत ‘ए क्लास’को एम्बुलेन्समा हुने सबै खालका उपकर जडान गरिएका छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर समेत उपचार गर्न सकिन्छ ।
शनिबार हस्तान्तरण गरिएका एम्बुलेन्स नेपालमा भित्रिएका पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्सहरु हुन् । ‘यी सवारी साधनमा सीसीटीभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरले समेत उपचारमा गाइड गर्न सकिन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ ।
यस्तै, गृहमन्त्री खाँणले आज नै थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्सहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहनेछ । यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुनेछन् ।
त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्दारका लागि आवश्यक पर्ने ‘सर्क एण्ड रेस्क्यु’ उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् । सोही अवसरमा प्राधिकरणले राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरेको अपाङ्गता सहायतासम्बन्धी सामग्रीहरू राष्ट्रिय अपाङ्ग कोष र केही लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टा लगायत छन् ।
असार २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदाममा रहेका अपाङ्गता सहायता सामग्री आगलागीमा जलेर नष्ट भएका थिए । गृहमन्त्री खाणले उक्त गोदामको साउन १ गते अवलोकन गरी सामग्री शीघ्र उपलब्ध गराइने प्रतिबद्धता जनाएका थिए ।
यी साधन तथा उपकरण प्राधिकरणले मल्टी डोनर ट्रस्ट फण्ड (एमडीटीएफ) र विश्व बैंकको सहयोगमा व्यवस्थापन गरेको हो । एमडीटीएपमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एफसिडिओ), क्यानेडिएन एड र स्विस एजेन्सी फर डेभलप्मेन्ट एण्ड कर्पोरेसनको सहयोग छ ।















अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया