काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढ्यो

काठमाडौँ । काभ्रेमा दैनिक कोरोना संक्रमणदर बढिरहेको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा संक्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा आठ संक्रमित निको भएको जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक-एक संक्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा संक्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिने छ ।
यस्तै, नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक संक्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ मा संक्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा संक्रमण देखिएको छ । यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया