शुक्रबार, पुष ४, २०८२

टिकटकमा लाइभ बसेर पूर्वपत्नीलाई आगो लगाउनेलाई मृत्युदण्ड

मेरोन्यूज २०७९ साउन ८ गते ११:३६

काठमाडौँ । आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ ।

दक्षिण पश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो । सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो । लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए ।

लु र उनकी श्रीमती लामु एघार वर्षसँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए ।

प्रतिक्रिया