पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै

काठमाडौँ । पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।
महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारबारे छलफल गर्न तथा अनुभव आदान प्रदान गर्न कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउन आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएकाले भेलाले साझा समस्या खोजेर समाधान गर्न सम्बन्धित निकायमा सुझाव दिने छ ।
यसअघि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको सञ्चालन कानुन फरक हुनु पर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन ।
यसपालि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । ‘धेरै चुनौती छन्, ती चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनु पर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो, यसपछि निरन्तर बैठक हुने छ ।’
आचार्यले १ महिनाअघि मेयर सम्मेलनका लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए ।
६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने बाँकी सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्य योजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया