बुधबार, पुष ३०, २०८२

सोमबार बिहानै ४.७ रेक्टर स्केलको भूकम्प

मेरोन्यूज २०७९ साउन ९ गते ६:२५

काठमाडौं । सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ। सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौंमा महसुस गरिएको थियो ।

प्रतिक्रिया