पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अधिकारवादी समूहको माग

सिंगापुर । एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना ९आईटीजेपी०ले माग गरेको हो ।
श्रीलंकामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुव्र्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यलयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो ।
सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको उक्त समूहले आरोप लगाएको छ ।
गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए ।
प्रदर्शनकारी प्रवेश गर्नअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए । लगत्तै उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए । सिंगापुरबाटै उनले राजीनामा दिएका थिए ।
उनको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन् । राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगीकार गरेको विश्लेषण हुन थालेको छ ।
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया