गृहमन्त्री खाणको निर्देशन : अछाम पहिरोमा पुरिएकाको उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्नु

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।
आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले जानकारी दिए ।
६५ वर्षीया नैना विष्टको भने जिवितै उद्धार गरेर अस्पताल पुर्याइएको मरासिनीले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका प्रजिअ मरासिनीले बताए। घरमुली अमर भने कामका सिलसिलामा घर बाहिर रहेको जानकारी आएको र अहिले पहिरो रोकिएको उनले बताए ।
















नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया