अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका–१६ मिलन चोकस्थित जंगल नजिक बा।६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ ।
अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया