नेपालले खरानी-गन्द्रुक पनि किनेको सुन्दा अचम्मित छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख सापकोटाले अहिले राष्ट्रमा काठमाडौँ र धरानलगायतका स्थानमा युवाहरूको आवाजरुपी संकेतको रुप देखा परेको बताएका थिए । उनले युवाहरूको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको दाबी गरे ।
यस्तै, उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा दुई खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । उनले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए ।
‘हामी कति विडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौँ, नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ, तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं,’ उनले भने, ‘जनै लाउँछौँ, तर नलगाउने चीनबाट पठाइदिन्छन् राखी त्यस्तै, खरानीसमेत नेपालमा आयात हुन्छ, यो सुनेर आफैं अचम्मित छु, दुई खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं, योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’
सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरू एकपछि अर्को गरेर गम्भीर रुपमा देखा परिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताए । उनले जलवायु परिवर्तनका अकल्पनीय घटना
भइरहेको बताएका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया