डीएचआई ब्राण्डका उपकरण नेपाली बजारमा

काठमाडौँ । डीेएचआई इलेक्ट्रोनिक्स प्रा.लि.ले नेपाली उपभोक्ताको माग तथा आवश्यकतालाई मध्य नजर गर्दै आफ्नो ब्राण्डहरू सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच आइतबार कम्पनीले आफ्नो ब्राण्डका सामानहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा डीएचआई ब्राण्डका विभिन्न उत्पादन प्रदर्शन गरिएको थियो । जसमा टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनरलगायतका उपकरणहरू थिए ।
कम्पनीका उपकरणले भान्सा र घरमा ग्राहकहरूलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । यसका नयाँ उत्पादनले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने छ ।
डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल भने, ‘डीएचआई होम एप्लायन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादन बजारमा उपलब्ध छन्, जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्, हाम्रा ग्राहकको मन जितिरहेका छौँ ।’
डीएचआई इलेक्ट्रोनिक्स नेपालकै एक विश्वसनीय संस्था शहोमको भगिनी संस्था भएकाले उत्पादन र सेवा वितरणमा उत्कृष्टता प्रदान गर्ने छ ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया