डीएचआई ब्राण्डका उपकरण नेपाली बजारमा

काठमाडौँ । डीेएचआई इलेक्ट्रोनिक्स प्रा.लि.ले नेपाली उपभोक्ताको माग तथा आवश्यकतालाई मध्य नजर गर्दै आफ्नो ब्राण्डहरू सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच आइतबार कम्पनीले आफ्नो ब्राण्डका सामानहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा डीएचआई ब्राण्डका विभिन्न उत्पादन प्रदर्शन गरिएको थियो । जसमा टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनरलगायतका उपकरणहरू थिए ।
कम्पनीका उपकरणले भान्सा र घरमा ग्राहकहरूलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । यसका नयाँ उत्पादनले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने छ ।
डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल भने, ‘डीएचआई होम एप्लायन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादन बजारमा उपलब्ध छन्, जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्, हाम्रा ग्राहकको मन जितिरहेका छौँ ।’
डीएचआई इलेक्ट्रोनिक्स नेपालकै एक विश्वसनीय संस्था शहोमको भगिनी संस्था भएकाले उत्पादन र सेवा वितरणमा उत्कृष्टता प्रदान गर्ने छ ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया