एसईईको नतिजा स्पारोव एसएमएसबाट हेर्न सकिने
मेरोन्यूज
२०७९ साउन ९ गते १६:४७

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्नका लागि एसएमएस सेवा उपलब्ध गराउन स्पारोव एसएमएससँग सम्झौता गरेको छ । एसईईका विद्यार्थीले एसएमएसमार्फत नतिजा हेर्न सक्ने छन् ।
स्पारोव आधिकारिक रुपमा एसएमएस सेवा प्रदायक कम्पनी हो । एक दशकदेखि यसले प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईईका विद्यार्थी र अभिभावकले सहज रूपमा एसएमएसमार्फत आफ्नो नतिजा हेर्न सक्ने छन् ।
विद्यार्थी र उनीहरूको नतिजाबीचको दूरी कम गर्ने उद्देश्यले स्पारोव एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गराउने भएको छ ।
यसबाट नतिजा हेर्नका लागि आफ्नो मोबाइलको एसएमएस बक्समा गएर आफ्नो सिम्बोल नम्बर टाइप गरी एउटा स्पेस दिनुहोस् । यसपछि ३५००१ मा एसएमएस गरी हेर्न सकिन्छ ।
सम्बन्धित













भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया