क्यालिफोर्नियाको डढेलो बढेसँगै ६ हजार विस्थापित
काठमाडौँ । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिएको छ । डढेलो फैलिएसँगै हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।
क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर)ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।
डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ । क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ ।
अधिकारीले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीले जोखिम क्षेत्रका बासिन्दालाई उद्धार गर्न र संरचनाको सुरक्षा गर्न खटिरहेका छन् ।
डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्याएको छ हजारौँ मानिस डढेलोको जोखिममा परेका छन् । क्याल फायर अफिसर हेक्टर भास्केजले भने, प्रभावित क्षेत्रका ६ हजारभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको छ ।
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरे ।
हालैका वर्षमा क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागमा पछिल्ला वर्षमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ ।
















राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया