पसलमा आगो लगाएर फरार बनेका अभियुक्त पक्राउ

खोटाङ । खोटाङमा पसलमा आगो लगाएर फरार बनेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत १ साउनमा दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका व्यवसायी रेखा राईको किराना पसलमा आगो लगाउने दिक्तेल आचार्य गाउँका २७ वर्षीय जगत कालिकोटे पक्राउ परेका हुन् ।
व्यस्त बजारबिचकै पसलमा आगलागी भएको घटनाका सम्वन्धमा सुक्ष्म अनुसन्धान गर्नेक्रममा कालिकोटेले आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए ।
अभियुक्तलाई प्रहरीले आइतबार दिक्तेलकै अस्पतालचोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । कालीकोटे बिरुद्ध अपराधिक उपद्रव ९आगो लगाएको० कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ लगायतका उपभोग्य सामग्री जल्लदा अन्दाजी २६ लाख १६ हजार ९३० बराबरको क्षति भएको थियो ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया