पसलमा आगो लगाएर फरार बनेका अभियुक्त पक्राउ

खोटाङ । खोटाङमा पसलमा आगो लगाएर फरार बनेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत १ साउनमा दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका व्यवसायी रेखा राईको किराना पसलमा आगो लगाउने दिक्तेल आचार्य गाउँका २७ वर्षीय जगत कालिकोटे पक्राउ परेका हुन् ।
व्यस्त बजारबिचकै पसलमा आगलागी भएको घटनाका सम्वन्धमा सुक्ष्म अनुसन्धान गर्नेक्रममा कालिकोटेले आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए ।
अभियुक्तलाई प्रहरीले आइतबार दिक्तेलकै अस्पतालचोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । कालीकोटे बिरुद्ध अपराधिक उपद्रव ९आगो लगाएको० कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ लगायतका उपभोग्य सामग्री जल्लदा अन्दाजी २६ लाख १६ हजार ९३० बराबरको क्षति भएको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया