मंगलबार, वैशाख १५, २०८३

अमेरिकामा एक करोड ४० लाख बढी बालबालिकालाई कोभिड सङ्क्रमण

मेरोन्यूज २०७९ साउन १० गते ११:५३

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । त्यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको हो ।

Advertisement
NiccNicc

उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको जनाएको छ । सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको एएपीले जनाएको छ ।

उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर ग¥यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको बताइएको छ । सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ ।

कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया