डुंगामा सवार महिलालाई सेलफिसले आक्रमण गरेपछि…
मेरोन्यूज
२०७९ साउन १० गते ११:५९

न्युयोर्क । विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस (लामो र तिखो चुच्चो भएको समुद्री माछा) पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ । अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो ।
मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो ।
उनीसँग दुई जना पुरुषहरू पनि डुंगामा सवार थिए । सेलफिस इस्टियोफोरस जीनसमा रहेका समुद्री माछाका दुई प्रजाति अन्तर्गत पर्छन् । उनीहरु निलादेखि खैरा सम्म हुन्छन् । उनीहरूको विशेषतः ठूलो पखेटा हुन्छ, जसलाई पछाडिको भागसम्म फैलाउन सक्छन् ।
लामो र तिखो चुच्चो सेलफिसको अर्को महत्वपूर्ण विशेषता हो । सेलफिसलाई समुद्रको सबैभन्दा छिटो प्रजातिको माछा बताइन्छ ।
सम्बन्धित
















जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया