१० अर्बभन्दा बढी औषधी उपकरण खरिदमा अनियमितता गरेको आरोपमा चौरासिया मन्त्रालय तानिए

काठमाडौं । १० अर्ब भन्दा बढी औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, आरोप लागेमा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया मन्त्रालय तानिएका छन् ।
मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको ठाडो आदेशमा उनलाई पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको छ ।
मन्त्रालयले लेखेको पत्रमा डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको छ ।
यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेपछि उनलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन भनिएको हो ।
विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदैं आएका डा. चौरासिया खरिदसँग जोडिएर पटक—पटक विवादमा तानिदैं आएका छन् ।
उनीमाथि पटक—पटक अनियमितता गरेको आरोप पनि लाग्दै आएको छ । डा. चौरासिया १० औं तहका सरकारी अधिकारी हुन् ।
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया