खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ५२ दिन (जेठ १२,२०७९ देखि असार ३२,२०७९ सम्म) आयोजना गरेको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा सफलतापूर्वक सम्पन्न भएको छ । यस अवसरमा पाँच लाखभन्दा बढी ग्राहकले एक करोडभन्दा बढीको कारोबार गरेका थिए ।
डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले आफ्ना प्रयोगकर्तालाई विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आएको छ । यो अफरमा खल्ती प्रयोगकर्ताले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारका लिएका थिए ।
अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ‘बजाज पल्सर एनएस १६० एबीएस’ लक्की ड्रमार्फत तीन जना विजेता बनेका थिए । यस्तै, अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिकको ४३ इञ्चको स्मार्ट टी.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट १ रुपैयाँमै, ५२ वटा स्मार्टब्याण्ड पाएका थिए ।
खल्तीले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउन हरेक हप्ता फेसबुक लाइभमार्फत विजेता घोषणा गर्दै आएको थियो । सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थितिमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबैप्रति कृतज्ञता प्रदान गरेका थिए ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया