बिहीबार, पुष ३, २०८२

औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुँदै

मेरोन्यूज २०७९ साउन १० गते १९:५७

काठमाडौँ । चरम इन्धन र औषधि अभावले श्रीलंकाका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिको आपूर्ति ठप्प भएपछि अस्पतालको अवस्था नाजुक बनेको हो ।

चिकित्सक र बिरामीसमेत यातायातमार्फत सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलंकाले ८५ प्रतिशतभन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ । तर, यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन ।

देशको अर्थ व्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाको वर्तमान अवस्थाको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् ।

यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् । जसको अवस्था अहिले कन्त बिजोक बनेको छ ।

प्रतिक्रिया