स्वास्थ्य राज्यमन्त्री केसीले किन लिए आपुर्ति महाशाखाका चौरासीयालाई स्पष्टीकरण ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा। सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा। चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् ।
स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा। चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ । मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ । दोषी ठहरीए कानुन बमोजिम कारबाही गर्छौं ।’
स्वास्थ्य राज्य मन्त्री केसीले १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो रु वास्तविकता के हो रु भनेर जवाफ माग गरेका थिए । आपूर्ति शाखा प्रमुख डा। चौरासीयाले भने आफूले गल्ति नगरेको जबाफ फर्काएका थिए ।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा। चौरसियालाई आज मंगलबार राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन भनेको थियो ।
१० अर्बको औषधि उपकरण खरीदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०।५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
प्रतिक्रिया