स्वास्थ्य राज्यमन्त्री केसीले किन लिए आपुर्ति महाशाखाका चौरासीयालाई स्पष्टीकरण ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा। सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा। चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् ।
स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा। चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ । मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ । दोषी ठहरीए कानुन बमोजिम कारबाही गर्छौं ।’
स्वास्थ्य राज्य मन्त्री केसीले १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो रु वास्तविकता के हो रु भनेर जवाफ माग गरेका थिए । आपूर्ति शाखा प्रमुख डा। चौरासीयाले भने आफूले गल्ति नगरेको जबाफ फर्काएका थिए ।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा। चौरसियालाई आज मंगलबार राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन भनेको थियो ।
१० अर्बको औषधि उपकरण खरीदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०।५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।













एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया