पेलोसीको ताइवान भ्रमणको हल्लाले बेइजिङ क्रुद्ध
न्युयोर्क । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको हल्लाले चीन क्रुद्ध बनेको छ । सभामुख पेलोसीले आगामी साता ताइवानको भ्रमण गरेमा त्यसले ‘गम्भीर परिणाम’ निम्त्याउने सोमबार चीनले चेतावनी दिएको छ । श्रीमती पेलोसी सन् १९९७ पछि स्वशासित टापुको यात्रा गर्ने उच्च श्रेणीको अमेरिकी राजनीतिज्ञ हुनेछिन् ।
चीनले स्वशासित ताइवानलाई आफूबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै पुनः देशको हिस्सा बन्ने विश्वास गर्छ । यो उदेश्य प्राप्तिका लागि उसले सम्भावित बलसमेत प्रयोग गर्ने उसले संकेत गर्दै आएको छ ।
तर, विदेश मन्त्रालयले श्रीमती पेलोसीले कुनै यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी दृष्टिकोण अपरिवर्तित रहेको जनाएको छ ।
पेलोसीले पनि भ्रमणबारे केही भनेकी छैनन् तर ताइवानलाई सहयोग गर्नु महत्वपूर्ण हुने उनले बताउँदै आएकी छिन् । पेलोसी अप्रिलमा ताइवानको भ्रमण गर्ने योजना बनाएकी थिइन् । तर, कोभिड पोजेटिभ देखिएपछि उनले आफ्नो योजना स्थगित गरेकी थिइन् ।










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया