वृषलाई आज आकस्मिक धन लाभ, तपाईंको दिन कस्तो ?

आज १२ साउन २०७९, बिहीबार । २८ जुलाई २०२२ । श्रावण कृष्णपक्ष अमाबस्या अर्थात् औँशी । पुनर्वसु नक्षत्र, चतुष्पद करण, बज्र योग, चन्द्रमा कर्कट राशीमा छ । आज बिहान सूर्योदय ५ः२५ मा भएको छ भने सूर्यास्त ६ः५६ मा हुने छ ।
आज औँशी भएकाले मृतक पितृहरुको नाममा दान र जल अर्पण गर्न सकिन्छ । औँशीको दिन नकारात्मक असर पर्ने भएकाले शुभकार्यका लागि त्यति राम्रो मानिदैन ।
मेष
सामाजिक सेवाबाट मान सम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आज मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।
वृष
आज आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ ।
मिथुन
धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुन सक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट
कर्कट राशीका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउन सक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउन सक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित कामबाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला । चन्द्रमाको साथ रहेको छ ।
सिंह
सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी गर्न शुभ हुनसक्छ ।
कन्या
यात्रा गर्नु पर्ने हुन सक्छ । नयाँ मित्र मण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नु भएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला
मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुन सक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आज फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ ।
वृश्चिक
बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नु हुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।
धनु
आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्र मण्डलीबाट असहयोग हुन सक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानु होला ।
मकर
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नु हुनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।
कुम्भ
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशीका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । आजको दिन पितृदेवका सम्झनामा दान गर्नुहोला ।
मीन
बिहीबारका दिन मीन राशिका जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्नेले नयाँ पुस्तक पठन र लेखनका काम गर्न सक्नु हुन्छ । विद्यार्थी वर्गको लागि बिहीबार कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । नियमित काममा ध्यान दिनुहोला ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया