अभिनेत्री मिरुना गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौँ । अभिनेत्री मिरुना मगरविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा दायर गरेका छन् । उनले अभिनेत्री मगरसँगै फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
तामाङले कानुन बमोजिम सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । आफूविरुद्ध गलत बोल्दै आएको भन्दै तामाङले पटकपटक माफी माग्न आग्रह गरेका थिए । मिरुनाले माफी नमागेपछि मुद्दा दर्ता गरेको तामाङले दायर गरेको उजुरीमा उल्लेख गरिएको छ ।
फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ ।
गत जेठ १५ गते काठमाडौँको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् । मिरुना अहिले लण्डनमा छिन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया