मंकीपक्सको परीक्षण नेपालमै हुने
मेरोन्यूज
२०७९ साउन १२ गते १४:५१

काठमाडौं । मंकीपक्स भाइरस भएरनभएको परीक्षण नेपालमा हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंकीपक्सको परीक्षण हुने भएको हो ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले मंकीपक्स परीक्षण गर्ने २५० वटा किट नेपाललाई दिएको छ ।
‘शंकास्पद रहेकाको परीक्षण गर्छौं । डब्लूएचओको सहयोगमा किट आएको हो,’ प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन् । उनका अनुसार हालसम्म नेपालमा मंकीपक्स पुष्टि भएको छैन ।
छिमेकी देश भारतमा मंकीपक्सका बिरामी भेटिएका छन् । सीमा नाकाबाट नेपाल आउन सक्ने भन्दै सरकारले सतर्कता बढाएको जनाएको छ । मंकीपक्स हेर्न १४ वटा अस्पतालमा फोकल पर्सन तोकिएको छ ।
डब्लूएचओका अनुसार हालसम्म ७७ वटा देशमा मंकीपक्स फैलिएको छ । हालसम्म विश्वभर १६ हजार बढी मानिस संक्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । यो भाइरस बाँदर र मुसाबाट सर्छ ।
सम्बन्धित
















मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया