विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा
मेरोन्यूज
२०७९ साउन १३ गते ६:१०

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् । बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
नगरवासीले स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ । रासस
सम्बन्धित















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
प्रतिक्रिया