विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा
मेरोन्यूज
२०७९ साउन १३ गते ६:१०

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् । बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
नगरवासीले स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ । रासस
सम्बन्धित














हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया