शुक्रबार, फागुन १, २०८२

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

मेरोन्यूज २०७९ साउन १३ गते १२:५६

काटमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् ।

मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’उनले भने ।

प्रतिक्रिया