बुवाको हत्यापछि लोकेन्द्रले भने : पछुतो छैन, १७ वर्षीया रमिताको बिचल्ली

काठमाडौँ । बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको बिचल्ली भएको छ । डिलाशैनी गाउँपालिका ५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृत्यु भएको थियो ।
‘म चार वर्षकी छँदा आमाको मृत्यु भयो । बुवा, दाइ र म मात्र बस्थ्यौँ । अहिले दाइले नै बुबाको हत्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।
चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ ।
लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् ।

‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसईई पनि पास गर्न सकेका थिएनन् । दुई वर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्यौँ । त्यसबाहेक दाइको कमाई नै थिएन,’ रमिताले भनिन्, ‘हाम्रो सहारा बुवा मात्रै हुनु हुन्थ्यो । बुबालाई पनि दाइले हत्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन ।’
लोकेन्द्र भन्छन् : पछुतो छैन
अन्तराम बिहानै उठेर आँगनमा मोही पार्ने पारो धोइरहेका थिए । यसैबेला बञ्चरोसहित ढोकाबाट बाहिर निस्केका छोरा लोकेन्द्रले बुबामाथि प्रहार गरे ।
पहिलो चोट लागेपछि पानी खोज्न गएका अन्तरामलाई पाँचपटक बञ्चरो प्रहार गरे लोकेन्द्रले । लोकेन्द्रको बञ्चरो प्रहारबाट अन्तरामको मृत्यु भयो ।
बुवाको हत्यापछि लोकेन्द्र धारातर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफूले बुबाको हत्या गरेको बताए । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे ।
‘मैले केही समय अघिदेखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा चारजना अरु पनि छन् । मैले घटना स्वीकार गरिसकेकाले एक वर्ष पनि जेल बस्दिन होला । मेरो खानामा थुक्ने, मलाई गाली गर्ने भएकाले बुबा मारेको हुँ,’ लोकेन्द्रले भने ।
‘आफू मृतक अन्तरामको छोरासमेत नभएको लोकेन्द्र बताउँछन् । ‘मलाई उसले (अन्तराम) पालेको मात्रै हो । म उसको छोरा नै होइन,’ उनले भने । यसअघि नै १०-१२ पटक बुबाको हत्या गर्न खोजेको उनको भनाइ छ ।
लोकेन्द्रले अन्तराम आफ्नो बुबा नभएको बताए पनि उनी छोरा भएको आफन्त बताउँछन् । स्थानीयबासीका अनुसार मृतकका दुई छोरी र एक छोरा छन् । जेठी छोरी राजमतीको विवाह भइसकेको छ । कान्छी छोरी रमिता अविवाहित छिन् । राजमतीको घर महेन्द्रनगरमा छ ।
बुबाको हत्या गर्नु केही दिन अघिदेखि लोकेन्द्र कसैसँग नबोल्ने गरेको स्थानीयबासीको भनाइ छ । हत्याका अभियुक्तलाई कानुनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।
डिलाशैनी गाउँपालिकाभरिका टुहुरा बालबालिकाका लागि नीति निर्माण गरी टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया