एसपीपीमा सहभागी नहुने पत्र आज पठाइयो : प्रचण्ड
मेरोन्यूज
२०७९ साउन १३ गते १७:०५

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गरेको पत्र पठाएको बताएका छन् । उनले आज मात्रै औपचारिक रुपमा एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अमेरिकी साहायक विदेश मन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमणमा आएको बेलामा नै एसपीपीमा सहभागी नहुने भन्दै पत्र पठाएको बताए ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले आजै मात्र एसपीपीमा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका थिए । आज बसेको बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार साउन ९ गते एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र पठाएको बताएका हुन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया