शनिबार, माघ १०, २०८२

१५ वर्षीया किशोरी बलात्कृत, युवक पक्राउ

मेरोन्यूज २०७९ साउन १३ गते १७:१५

काठमाडौँ । सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका १२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ ।

उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया