बंगलादेशमा रेलले मिनीबसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु, ४ घाइते
काठमाडौँ । दक्षिणपूर्वी बंगलादेशको रेल क्रसिङमा शुक्रबार एउटा रेलले पर्यटक मिनीबसलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बंगलादेशको चट्टोग्राम जिल्लामा दिउँसो १ः४५ बजे भएको दुर्घटनामा कम्तीमा चार जना गम्भीर घाइते भएका छन् । घटनाबारे मिरसराई प्रहरी चौकीका अधिकृत कबीर हुसेनले सिन्ह्वालाई बताएका हुन् ।
ढाकाबाट बन्दरगाह शहर चट्टोग्राम जाँदै गरेको रेल लेभल क्रसिङमा रहेको यात्रुबाहक मिनीबससँग ठोक्किँदा दुर्घटना भएको उनले बताए । दुर्घटनामा माइक्रोबसका चालकसहित ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक सबै चट्टोग्राम जिल्लाको मिरसराई क्षेत्रको खोइयाचोरा झरनातर्फ गइरहेका पर्यटक थिए ।
मिनीबस ट्राफिक सिग्नल बेवास्ता गर्दै ट्र्याकमा अगाडि बढ्दा दुर्घटना भएको रेलका अधिकारी अन्सार अलीले पत्रकारलाई बताए ।
















कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया