नेपाल प्रहरीका असई, जसले हिरासतभित्र रहेका महिलाको बलात्कार गरे !

काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत नेपाल प्रहरीका असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । बाँके जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन् ।
प्रवक्ता न्यौपानेले असई चौलागाईंविरुद्ध मुद्धादर्ता भएको प्रमाणित गरेका छन् । साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्याई यौंन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए ।
चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए। त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए । थुुनुवा कक्षमा ब्यापक होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिएका थिए ।
असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया