अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

रियो दि जेनेरियो । अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। संक्रमणबाट ब्रजिलका एक ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ ।
त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।
एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। सङ्क्रमण भएपछि ठेउलाको जस्तो फोका देखिन्छ। सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।
ज्वरो आउने, टाउको दुख्ने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया