जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन मान्न सकिदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् । उनले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई मान्य नहुने बताएका हुन् ।
शनिबार राष्ट्रिय युवा संघले गरेको एक कार्यक्रममा बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताए । आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गरी करको दर हेरफेर गरेको भन्दै छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीले प्रतिवेदन बुझाएको थियो ।
समितिमा एमालेका चार जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?,’ उनले भने, ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नु पर्छ ।’
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया